काठमाडौं, असोज ४ । युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगका समूह चरणका खेलहरु बिहीबारदेखि सुरु हुँदैछन् ।
गत सिजनको इंग्लिस प्रिमियर लिगबाट च्याम्पियन्स लिगमा छनोट हुन नसकेका चर्चित क्लबहरु चेल्सी र आर्सनलले योपटक युरोपा लिग खेल्दैछन् ।
चेल्सीले बिहीबार ग्रीसको सालोनिकासँग उसकै मैदानमा खेल्दा आर्सनलले आफ्नै मैदानमा युक्रेनको भोर्साल्का पोल्ताभासँग खेल्दैछ ।
युरोपा लिगअन्तर्गत् बिहीबारै हुने अरु खेलहरुमा स्पेनको सेभियाले बेल्जियमको स्टान्डर्ड लेइजसँग खेल्दा अर्को स्पेनिस क्लब भियारियालले स्कटिस क्लब रेन्जर्सको सामना गर्नेछ ।
बिहीबारै स्कटल्यान्डको सेल्टिक र नर्वेको रोजनवर्ग भिड्नेछन् ।








प्रतिक्रिया दिनुहोस्