२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


प्रदेश–२ मा मुलुक विखन्डनको कुरा उठेको भन्दै कारबाहीको माग


0
Shares

काठमाडौं, असोज ४ । सांसदहरुले मुलुक विखन्डनको आवाज उठाउनेहरुलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसदहरुले संविधानप्रति असन्तुष्टि जनाउने नाममा प्रदेश नम्बर–२ मा मुलुक विखन्डनको कुरा उठेको भन्दै कारबाहीको माग गरेका हुन् ।

सांसदले ‘संविधानप्रति असन्तुष्टि राखेर ‘कालो दिन’ मनाउने अनि त्यही संविधानमा टेकेर सरकारमा उपप्रधानमन्त्री भएर बसिरहने कस्तो प्रवृति हो ?’ भन्दै प्रश्न गरे ।

सांसदहरुले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि हतारमा रुख नकाट्न पनि सचेत गराएका छन् ।

यस्तै, कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेकामा पनि सांसदहरुले सरकारको आलोचना गरे ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनसमेत बैठकमा माग गरियो ।

७ गते निर्वाचन

संघीय संसदको संयुक्त समितिहरुको सभापति चयनका लागि यही असोज ७ गते निर्वाचन हुने भएको छ ।

राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन अनुगमन समिति र संसदीय सुनुवाइ समितिको नेतृत्व चयनका लागि असोज ७ गतेको मिति तोकिएको हो ।