Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


प्रशिक्षक र खेलाडीलाई पदक


0
Shares

काठमाडौं, असोज ४ । सरकारले संविधान दिवसका अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ ।

खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका एथ्लेटिक्सका प्रशिक्षक धनीराम चौधरी, क्युकेसियन कराँते खेलाडी सञ्जु महर्जन र नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई सरकारले प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी)बाट सम्मान गर्ने घोषणा गरेको हो ।

त्यसैगरी, रेसलिङ खेलाडी भरतबहादुर विसुराल (हिमालयन टाइगर)लाई समाजसेवा रत्न प्रदान गरिनेछ ।

गत महिना इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदमा नेपालका लागि एकमात्र रजतपदक विजेता पाराग्लाइडिङ टोलीलाई सरकारले सुकीर्ति पदकबाट सम्मान गर्ने निर्णय गरेको छ ।

सो पदक पाउनेमा पाराग्लाइडिङका मुख्य प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानोबाबु सुनुवार, व्यवस्थापक शैलेन्द्र राउतसहित खेलाडीहरु विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा छन् ।

संविधान दिवसका दिन घोषणा गरिएको पदक आगामी गणतन्त्र दिवसमा प्रदान गरिनेछ ।

संविधान दिवसका अवसरमा सरकारले वर्सेनि विभिन्न व्यक्तित्वलाई पदक प्रदान गर्दै आएको छ । रासस