काठमाडौं, असोज ३ । कालीगन्डकी ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन केही दिन बन्द हुने भएको छ ।
विद्युत् केन्द्रको ‘मेन इन्लेट भल्ब’ सुदृढीकरण, मर्मत–सम्भार तथा ‘ओभरहलिङ’का लागि १४४ मेगावाट क्षमताको आयोजना केही दिन बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको हो ।
असोज पहिलो सातादेखि कात्तिक पहिलो साताबीच केही दिन आयोजनाको उत्पादन बन्द हुने भएको छ ।
यही असोज ७ देखि ११ गतेसम्म १४४ मेगावाटको प्लान्ट नै ‘सटडाउन’ गरिने भएको छ ।
यसैगरी, असोज १२ देखि कात्तिक ५ गतेसम्म ४८ मेगावाटको युनिट बन्द हुनेछ ।
कात्तिक ७ देखि १२ गतेसम्म १४४ मेगावाटको युनिटको उत्पादन नै बन्द हुने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्