४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


नेपालको न्यायपालिका दक्षिण एशियाकै उत्कृष्ट र स्वतन्त्र छ : कानूनमन्त्री चौरसिया


741
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधानले अंगिकार गरेका समानता र मानव अधिकारका मापदण्डलाई कार्यान्वयन गर्न आवश्यक कानून निर्माण प्रक्रिया तिब्र गतिमा अघि बढिरहेको बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभाअन्तर्गको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले भेदभाव अन्त्य र मानव अधिकारको संरक्षणका लागि आवश्यक कानून निर्माण तथा संशोधनको प्रक्रिया तिब्र गतिमा अघि बढिरहेको भनाइ छ । उहाँले मानव अधिकारसँग सम्बन्धीत चार वटा महत्वपूर्ण विधेयकहरु मन्त्रिपरिषद्मा पुगिसकेको उल्लेख गर्नुभयो ।

मन्त्री चौरसियाले नागरिकलाई प्रहरीले कुनै अपराधको आरोपमा सिधै पक्राउ गर्ने प्रथालाई हटाउँदै अग्रिम जमानतको कानुनी व्यवस्था गर्न कानून निर्माण प्रक्रिया अघि बढाएको पनि बताउनुभयो । उहाँले नेपालको न्यायपालिका दक्षिण एशियाकै उत्कृष्ट र स्वतन्त्र रहेको गर्नुभयो ।

मन्त्री चौरसियाले कानुन निर्माण र संशोधनका विषयमा कानून मन्त्रालय सधैं गम्भीर र जिम्मेवार रहेको बताउनुभयो ।