४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भ्यासलमा भेटवार्ता


2.08k
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी च्यासल पुग्नुभएको छ ।

एमाले पार्टी कार्यालय च्यासलमा दुई नेताहरुबीच भेटवार्ता जारी छ ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । एमालेको पार्टी सदस्यता नविकरण गरेर सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नुभएकी भण्डारीबारे एमाले पोलिटब्युरो बैठकले पार्टी सदस्यता नविकरण पेण्डिङमा रहेको र अहिले नै अध्यक्ष बनाएर जानसक्ने स्थिति नरहेको निष्कर्ष निकालेको थियो ।

बैठक विधान महाधिवेशन केन्द्रित भनिएपनि धेरै नेताहरुले भण्डारीको राजनीतिक सक्रियताबारे धारणा राखेका थिए । देशको गौरवको रुपमा रही सकेको व्यक्ति पुनः राजनीतिमा फर्किनुले व्यवस्थामाथि नै प्रश्न उठ्ने धारणासमेत नेताहरुले बैठकमा राखेका थिए । सोही विषय र पछिल्ला राजनीतिक समसामयिक विषयहरुमा दुई नेताबीच छलफल हुने बताइएको छ ।