४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


निर्वाचन आयोग पुग्यो रास्वपा


4.563k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको बारेमा निर्वाचन आयोगमा गएर जानकारी लिएको छ ।

आइतबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीसहित पार्टीको कानून विभागका सदस्यहरुले आयोगमा पुगेर यसबारे चासो राखेका हुन् ।

निर्वाचन आयोगका कार्यकारी प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको छलफलपछि आयोगले आफूहरुले अद्यावधिक गरिरहेको जानकारी दिएको महामन्त्री बुर्लाकोटीले बताउनुभयो । उहाँले पार्टीको पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको अवस्थाबारे आफूहरुले आयोगलाई झक्झक्याएको बताउनुभयो ।

आयोगले पार्टीले दिनुपर्ने कागजातहरु सबै पुगेको जानकारी गराएको पनि बताउनुभयो । पार्टीले २०८१ असार १७ गतेदेखि विवरण बुझाएको र विवरण हेरफेर भएका कुरा पटक पटक बुझाएपनि अद्यावधिक नगरिएको आरोप उहाँको छ ।

अद्यावधिकको क्रममा द्रुत गतिमा अघि बढ्नुपर्ने माग आफूहरुले राखेको बताउनुभयो ।