Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


गणतन्त्रको गौरवको रुपमा रहेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली


3.9k
Shares

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा केन्द्रिय कमिटीबाट निर्णय गर्ने भएको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बासेको पार्टीको पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको बारेमा उचित समयमा निर्णय गर्ने बताउनुभएको हो ।

पार्टीको सदस्यता नविकरण गरी सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नुभएकी भण्डारीलाई पार्टीमा सक्रिय रुपमा फर्काउने वा नफर्काउने भन्नेबारेमा एमालेभित्रै मत विभाजित छ ।

एकथरीले राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा फर्काउन नहुने धारणा राखिरहेका बेला अर्को पक्ष भने राजनीतिमा ल्याउनुपर्ने आवाज उठाइरहेका छन् । राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, परमाधिपति भइसकेको, गणतन्त्रको गौरवको रुपमा रहेको व्यक्ति राजनीतिमा प्रवेश गर्नेकुरा गम्भीर रहेको कुरा बैठकमा पार्टी अध्यक्ष ओलीले बताउनुभएको भनाइ उद्धृत गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

७० वर्षे उमेरहद र दुई कार्यकालको अवस्थालाई हटाएर विधानको व्यवस्था प्रश्तुत गरिएको पनि उहाँले बताउनुभयो ।