
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता वामदेव गौतमले आफूले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल नभएको दाबी गर्नुभएको छ ।
नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी)बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले आफूले जिम्मा लिएको आन्दोलन अहिलेसम्म सफल मात्रै भएको जिकिर गर्नुभयो । एक्लै हुँदा सफल हुन नसकेको भन्दै अब आफू एकता गरेर नेकपा (एकीकृत समाजवादी)मा आएको बताउनुभयो । नेपालमा कम्युनिष्ट पार्टी एउटै निर्माण गर्नुपर्ने बताउनुभयो ।
नेता गौतमले नेपाली जनतालाई मालिक बनाएर छोड्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्