२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता


325
Shares

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महान्यायाधिवक्ता रमेश बडालले २०८१ सालमा सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता प्राप्त भएको जानकारी दिनुभएको हो । उहाँकाअनुसार हालसम्म ३ हजार ३ सय ७० वटा मुद्दा फाइलको अध्ययनपछि २ हजार ७ सय ९० वटामा मुद्दामा कार्यालयले पुनरावेदन नगर्ने निर्णय गरेको छ ।

महान्यायाधिवक्ता बडालले प्राप्त मुद्दाहरुमध्ये ४८६ वटा सर्वोच्च अदालतमा र ९५ वटा मुद्दा उच्च अदालतमा पुनरावेदन गर्ने गर्ने निर्णय गरेको बताउनुभयो । मुद्दा चलाउने वा नचलाउनेबारे गरिएको प्रारम्भिक निर्णयमा ३६८ मुद्दामध्ये ३४० वटामा मुद्दा नचलाउने निर्णय गरिएको बताउनुभयो । उहाँले अघिल्लो कार्यकालको तुलनामा पुनरावेदनसम्बन्धी फाइल संख्या घटेको बताउनुभयो । उहाँले नायब र सहन्यायाधिवक्तालाई निर्णयको अधिकार प्रत्यायोजन गरिएकाले फाइलको संख्या स्वाभाविक रूपमा कम भएको बताउनुभयो ।

फौजदारी न्याय प्रणालीलाई र सुधारका लागि आफू प्रतिवद्ध रहेको महान्यायाधिवक्ता बडालले बताउनुभयो । शुक्रबार नै महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेको विदाई समेत गरिएको छ । घिमिरे अनिवार्य अवकाशमा जान लाग्नुभएको कारण बिदाई गरिएको हो ।