Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


श्रम बिना प्रगति सम्भव छैन : प्रधानमन्त्री ओली


494
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बिना प्रगति सम्भव नभएको तथा श्रमिकको सम्मान बिना समृद्धि नहुने बताउनुभएको छ ।

साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उक्त कुरा बताउनुभएको हो ।

‘यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चालेका थियौँ । त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन्,’ उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत लेख्नुभएको छ ।

साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु. १७ हजार ३०० बाट बढाएर रु. १९ हजार ५५० बनाउने निर्णय भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘श्रमिकलाई एक मुट्ठी भरोसा महत्वपूर्ण हुनेछ। जय श्रमिक, जय नेपाल !’,