१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गरौं : सांसद शाक्य


0
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बिहीबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा जलश्रोत विधेयक, २०८१ माथिको छलफलका क्रममा सांसद शाक्यले विधेयकले जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गर्नेकुरामा जोड दिएको पनि बताउनुभयो । पानीको प्रयोग विभिन्न निकायहरुले आफ्नो तौरतरिकाले गरिरहेको अवस्थामा एकीकृत व्यवस्थापन विधेयकले मद्दत पुग्ने उल्लेख गर्नुभयो ।

सांसद शाक्यले बाँधको व्यवस्थापन गर्न, क्षतिपूर्तिको उचित व्यवस्थापन गर्नेकुरामा विधेयकमा जोड दिनुपर्ने बताउनुभयो ।