
भोजपुर । भोजपुर जिल्लालाई दक्षिण हुँदै तराईसँग जोड्ने महत्वकाक्षी सडक योजना भोजपुर–डढुवा–आमबोटे सडक कालोपत्रे गर्न सुरु भएको छ ।
सदरमुकामबाट दक्षिणी क्षेत्र हतुवागढि, आमचोक गाउँपालिका हुँदै तराईसँग छोटो दुरीमा आवतजावत गर्न मिल्ने महत्वकाक्षी रुपमा लिएको उक्त सडकको ६० किलोमिटर मध्ये पहिलो चरणमा २ करोड ५९ लाख रुपैयाँमा सडक कालोपत्रे हुने भएको छ ।
बिहीबार भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेबाट सडक कालोपत्रे गर्ने काम सुरु गरिएको हो ।
सडक डिभिजन कार्यालय तुम्लीङटार र मार्सेली निमार्ण सेवा विच शिलान्यास सडकको काम ४० दिन भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ ।
प्रतिक्रिया दिनुहोस्