१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजार ७५ अंकले बढ्यो


624
Shares

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन शेयर बजारमा उछाल आएको छ ।

बिहान बजार खुलेदेखि नै बढ्न थालेको बजार ७५.८४ अंकले बढेको हो ।

बजार परिसूचक नेप्से बिहीबार २८७० दशमलव ६३ विन्दुमा पुगेको छ । यस्तै बिहीबार कारोबार रकम पनि ह्वात्तै बढेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये सवैमा उछाल आएको छ भने अन्य उपसमूह ५ प्रतिशत बढीले बढेको छ ।

२३९ वटा कम्पनीको शेयर मूल्य बढ्दा ९ वटा स्टकको मात्रै मूल्य घटेको छ । ट्रेड टावर, शुभम पावर र थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका स्टकहरु मध्ये एनआईबिएल स्टेबल फण्डको इकाईमूल्य सर्वाधिक ७.५८ प्रतिशतले घटेको छ ।

बिहीबार ३११ स्टकको ३ करोड ८६ लाख ३४ हजार कित्ता शेयर १६ अर्ब ५९ करोड २१ लाख ५ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । गत वर्ष भदौ ११ गतेपछि बिहीबार सबैभन्दा बढी भोलुममा कारोबार भएको हो ।

कारोबार रकमका आधारमा बिहीबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ८४ करोड ४२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।