Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


एएफसी यु–१६ महिला फुटबल छनोटमा नेपालको खराब सुरुआत


0
Shares

काठमाडौं, असोज ३ । एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिपको छनोट खेलमा नेपालले खराब सुरुआत गरेको छ ।

बुधबार काठमाडौंको हलचोक मैदानमा सुरु भएको छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग ४–० को हार व्यहोरेको हो ।

नेपालले मध्यान्तरअघि दुई तथा मध्यान्तरपछि दुई गोल खायो ।

खेलको १४औं मिनेटमा नेपालले प्रहार गरेको बल क्रसबारमा ठोक्किएपछि अग्रता लिन चुकेको थियो । नेपालले झन्डै आधादर्जन गोल गर्ने अवसर खेरफालेको थियो ।

छनोटका समूह ‘ई’का खेलहरु नेपालमा भइरहेका हुन् ।

बुधबारै भएको पहिलो खेलमा म्यानमारले मलेसियालाई ३–० ले हरायो ।

छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले शुक्रबार म्यानमारसँग खेल्नेछ भने अन्तिम खेल आइतबार मलेसियाविरुद्ध खेल्नेछ ।

समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिपमा ठाउँ पक्का गर्नेछन् ।

८ टोली सहभागी फाइनल चरणका लागि आयोजक थाइल्यान्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया भने छनोट भइसकेका छन् ।