३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन


1.82k
Shares

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ ।

सरकारले अघि बढाउन खोजेको भूमि विधेयकप्रति असहमति जनाउँदै जसपा नेपालको बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले गत महिना नै सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार संसदीय दललाई दिएको थियो । भूमि विधेयक सम्बन्धमा सत्तारुढ एमाले र कांग्रेसले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मनाउने कोशिस गर्दै आएका थिए ।

दुई दलले यादवलाई सरकारमा सहभागी हुन पनि आग्रह गर्दै आएका थिए । जसपा नेपालले समर्थन फिर्ता लिएसँगै सरकार राष्ट्रिय सभामा अल्पमतमा परेको छ । राष्ट्रिय सभामा अल्पमतमा परेसँगै अब कुनै पनि विधेयक संसदबाट पारित हुन सक्नेछैन । ५९ सदस्यीय राष्ट्रिय सभामा सत्तारुढ कांग्रेस र एमालेसंग जम्मा २८ सिट रहेको छ । राष्ट्रिय सभाको यो अवस्थाले सरकारलाई अप्ठेरो पर्ने निश्चित छ ।