३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


कालीगण्डकी गाउँपालिकाभित्र निःशुल्क स्वास्थ्य बीमा


390
Shares

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा पालिकाभित्र रहेका चार हजार पाँच सय ४३ घरधुरीका नागरिकको स्वास्थ्य बीमा वापतको एक करोड ७२ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

पालिकाबासीको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले कालीगण्डकी गाउँपालिकाले पालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरेको हो ।

निःशुल्क स्वास्थ्य बीमा गरेसँगै पालिकाले एक करोड ७२ लाख ७२ हजार १५० रुपैयाँ स्याङ्जास्थित स्वास्थ्य बीमा कार्यालयलाई भुक्तानी गरेको हो ।

पहिलो चरणमा एक हजार ६१७ घरधुरीको बीमा वापत ६१ लाख ७७ हजार १५० भुक्तानी गरिएको छ भने दोस्रो चरणमा दुई हजार एक सय ८३ घरधुरीका लागि ८२ लाख रु. ७० हजार ५००, तेस्रो चरणमा तीन सय ९९ घरधुरीका लागि १४ लाख ९२ हजार ५० र चौँथो तथा अन्तिम चरणमा तीन सय ४४ घरधुरीको बीमावापत १३ लाख ३२ हजार चार सय ५० भुक्तानी गरेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाका सात वटै वडाका चार हजार पाँच सय ४३ कूल घरधुरीलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम मार्फत समेटिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । एकदेखि पाँच जनासम्मको परिवारलाई तीन हजार ५ सय भुक्तानी गर्ने उहाँले बताउनुभयो ।