
काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सरकारले गरेका राम्रा र नराम्रा कामको सम्पूर्ण जिम्मेवारी सरकारमा रहेका दुवै राजनीतिक दलले लिनुपर्ने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले सरकारले राम्रा कामहरु पनि गरेको र सबै काम गर्न नसकेको अवस्था रहेको भन्दै सरकारले गरेका गुण र दोषहरु नेपाली कांग्रेस र नेकपा एमाले दुवै राजनीतिक दलहरुले लिनुपर्ने उल्लेख गर्नुभयो । सरकारले जनताको हितमा कामहरु गर्दै जानुपर्ने बताउनुभयो । शिक्षामा तीन तहकै सरकारको विशेष जिम्मेवारी रहेको पनि बताउनुभयो ।
नेता सिटौलाले शिक्षा विधेयक छिटो टुंग्याउनुपर्छ भन्ने मान्यतामा राजनीतिक दलहरु रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्