३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


लुटपाटको आरोपमा एक भारतीय नागरिक पक्राउ


741
Shares

काठमाडौं । नेपाल प्रहरीले पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुबनी जिल्ला देवधा–८ का २३ वर्षीय विजय मुखिया रहेको नेपाल प्रहरीले बताएको छ ।

उनीमाथि यही असार २० गते धनुषाको जनकनन्दनी गाउँपालिका–१ का अजय कुमार गोइतलाई पेस्तोल देखाएर उनको साथमा रहेको रकम लुटपाट गरेको आरोप छ ।

गोइत बैंकमा पैसा जम्मा गर्न जाँदै गर्दा मुखियाले बाटो छेकेर पेस्तोल देखाई नगद २ लाख १६ हजार, १२ लाख १० हजारको चेक र आइफोन १६ लुटेको अनुसन्धानमा खुलेको छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहकाअनुसार मुखिया पेशेवर लुटेरा हुन् । भारतमा पनि उनीमाथि ९–१० वटा मुद्दा दर्ता रहेको जनाइएको छ ।

उनीमाथि जिल्ला अदालत धनुषाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।