३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


जनताको अवस्था बदल्नका लागि सबै लाग्नुपर्छ : सांसद विश्वकर्मा


247
Shares

काठमाडौं । नेकपा एमाले सांसद छविलाल विश्वकर्माले जनताको अवस्था बदल्नका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद विश्वकर्माले सबैले लडेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था ल्याएको भएपनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताउनुभयो । जनताको अवस्था बदल्नका लागि आफूहरु निरन्तर लागिरहेको बताउनुभयो ।

सांसद विश्वकर्माले जनताको अवस्था परिवर्तन गर्ने अभियान नटुंगिएको जिकिर गर्नुभयो । अर्थात आधारभुत तहका विभिन्न वर्ग समुदायका जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकता भएको बताउनुभयो । व्यवस्था बदलियो भनेर हामीले चित्त बुझाएर सन्तोष मानेर आफूहरु नबसेको भन्दै अब अवस्था, सामाजिक स्थिति, सांस्कृतिक स्थिति, जनताको समताको सद्भाव मानव मर्यादाको परिस्थिति निर्माण गर्नु मुख्य उद्देश्य भएको बताउनुभयो ।

सांसद विश्वकर्माले समाज र राष्ट्रलाई समतामुलक र समृद्धशाली बनाउन सबै एकतावद्ध भएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।