३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


संस्कृति समाजको प्राण : मन्त्री पाण्डे


156
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बद्रिप्रसाद पाण्डेलेले संस्कृति अमूर्त विषय भएको र यसभित्रै शक्ति र समाजको प्राण रहेको बताउनुभयो । उहाँले संस्कृति नभएको समाज नहुने र समाजको पहिचान संस्कृतिमै रहने बताउनुभयो ।

बद्रिप्रसाद पाण्डेलेले संस्कृतिले बोकेको साहित्य र दर्शन अनुपम रहेको उल्लेख गर्नुभयो । आफू मन्त्री बनेको एक वर्ष पुगेको भन्दै उहाँले यस बीचमा संस्कृति र प्रकृतिलाई चलायमान बनाउने प्रयास गरेको बताउनुभयो । नागरिक उड्डयन क्षेत्र सुचारु, गतिशिल बनाउन आफू लागिपरेको पनि बताउनुभयो ।

मन्त्री पाण्डेले सुधारका कुराहरु छायामा पारेर नकारात्मक कुरा मात्रै गर्ने काम गलत भएको बताउनुभयो । मन्त्रालयले सुधारका विभिन्न योजनासहित काम गरिरहेको बताउनुभयो ।