३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्नेमा सरकार छैन : सञ्चारमन्त्री गुरुङ


351
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको बताउनुभएको छ ।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीको प्रश्नमा सञ्चारमन्त्री गुरुङले निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ दिने क्रममा उहाँले मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसक्नुभएको र नयाँ मन्त्री पनि आइसक्नुभएको बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले अब सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाउने र दोषी देखिए कारबाही हुने बताउनुभयो । तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने पनि स्पष्ट पार्नुभयो । उहाँले गल्ती गर्ने जो कोही भएपनि कारबाही हुने बताउनुभयो ।