३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


मन्त्री मण्डल पुनःगठन गर्नेकुरा सामान्य हो : सञ्चारमन्त्री गुरुङ


1.144k
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री मण्डल पुनःगठन गर्नेकुरा सामान्य प्रक्रिया रहेको बताउनुभएको छ ।

सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा बुधबार सञ्चारमन्त्री गुरुङले स्पेन भ्रमणपछि मन्त्रीमण्डल पुनःगठन गर्ने समाचार सञ्चारमाध्यममा आएको थियो नि भन्ने प्रश्नमा मन्त्री मण्डल गठन, पुनःगठन गर्नेकुरा ठूलो कुरा नभएको र प्रधानमन्त्रीले शपथ लिने बेलैमा तपाईंहरुको एक वर्षको कार्यकाल हेरिने र कार्यकाल थपघट गरिने उल्लेख गर्नुभएको पनि बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले एक वर्ष आफूहरुले कुनै दायाँबायाँ नभइ र उत्तारचढाव नभइ बिताएको पनि बताउनुभयो । सरकारले एक वर्षको समयमा उपलब्धिमुलक कामहरु गरेको र अर्थतन्त्रलाई सही दिशामा ल्याएको र अब दौडिने परिस्थिति निर्माण भएको बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले बजेटको डुप्लिकेसन बन्द भएको दाबी गर्नुभयो । बिना अध्ययन योजना राख्ने काम बन्द गएको बताउनुभयो ।