
web pic
काठमाडौं । चितवनको भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेकी एक बालिकाको मृत्यु भएको छ ।
गत सोमबार अस्पतालको सी ब्लक नजिकै रहेको सेफ्टिक ट्यांकीमा खसेकी ५ वर्षीया अन्जना मगरको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।
अन्जना भरतपुर अस्पतालमा कार्यरत कर्मचारीकी छोरी हुन् । उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्