३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


यु-१६ युथ लिग : शिर्ष स्थानमा रहन मच्छिन्द्र र संकटाको दाबेदारी


442
Shares

काठमाडौं । संकटा र मच्छिन्द्र क्लबले मंगलबार चौथो खेलमा सफलता निकाल्दै एन्फा यु-१६ युथ लिगमा तेस्रो जित प्राप्त गरेका छन् ।

सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको आफ्नो संकटाले विभागीय टोली एपिएफ क्लवलाई ६-१ र मच्छिन्द्रले श्री भगवती क्लबलाई ६-० ले हराउँदै जारी लिगमा तेस्रो जित निकालेका हुन् ।

अपराजित मच्छिन्द्रसँगै संकटाले तेस्रो जित निकाल्दै शिर्षताको दाबेदारी दिएका छन् । संकटा शुरुवातमा एक गोलले पछि थियो । तर संकटाले ६ गोल फर्काउँदै उत्कृष्ट पुनरागमनसहित फराकिलो जित निकाल्यो । खेलको पहिलो हाफमा नै गोल हुन सकेन । तर, खेलका सातवटै गोल दोस्रो हाफमा भए । संकटाका लागि प्रजलकुमार लुम्रेले दुई गोल गरे । सुमित बलाम्पाकी, पेम्बा तामाङ, आयुष बराम र नवराज तिरुवाको नाममा एक गोल रह्यो ।

खेलको ४७औं मिनेटमा प्रशिष खनालको गोलबाट एपिएफले अग्रता लिएको थियो । तर एपिएफले त्यो अग्रता गुमाउँदै उल्टै ६ गोल सामना ग¥यो । ५२औं मिनेटमा सुमितले गोल गर्दै संकटालाई बराबरीमा ल्याए । ६२औं मिनेटमा भने संकटाले अग्रता लियो । संकटाका लागि प्रजलकुमारले गोल गरेका हुन् । पेम्बाले ७५औं मिनेटमा गोल गरेपछि संकटाले अग्रता बढायो । खेल सकिन लागेपछि संकटाले तीन गोल थप्यो । आयुसले ८७औं मिनेटमा र प्रजलकुमारले ९० औं मिनेमा गोल लगातार गोल गरे । इन्जुरी समयमा नवराजले गोल थपेपछि संकटाले एपिएफमाथि ६-१ उत्कृष्ट जित निकाल्यो ।

जितसँगै संकटा चार खेलबाट ९ अंकसहित अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । एपिएफ तेस्रो हारसँगै १२ औं स्थानमा झरेको छ । यससँगै चौथो चरणको खेल सकिएको छ । विभागीय टोली नेपाल पुलिस क्लब १२ अंकसहित साथ शीर्ष स्थानमा छ । मंगलबार नै विकास थापाको ह्याट्रिक प्रेरणामा मच्छिन्द्रले श्री भगवतीमाथि फराकिलो जित निकालेको हो । राहुलकुमार योञ्जनले दुई र करण धामीले एक गोल थपे । मच्छिन्द्र्रले दुवै हाफमा समान तीन गोल ग¥यो । राहुलकुमारले खेलको २०औं मिनेटमो गोल गर्दै मच्छिन्द्रलाई जित दिलाए । विकासले २५औं मिनेटमा संकटाको दोस्रो गोल गरे ।

पहिलो हाफको थप समयमा राहुलकुमारले व्यक्तिगत दोस्रो गोल थपे । त्यसपछि दोस्रो हाफमा लामो समयसम्म श्री भगवतीले मच्छिन्द्रको आक्रामणलाई राक्ने प्रयास ग¥यो । तर, अन्तिम १० मिनेटमा मच्छिन्द्रले फेरि तीन गोल थप्यो । ८०औं मिनेटमा विकासले गोल गर्दै मच्छिन्द्रलाई ४-० ले अगाडि बढाए । करणले ९०औं मिनेट गोल थपे । इन्जुरी समयमा विकासले गोल गर्दै ह्याट्रिक पूरा गरे । यससँगै मच्छिन्द्रले ६-० को फराकिलो जित निकाल्यो । यो जितसँगै मच्छिन्द्र १० अंक बटुल्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म एक खेल पनि नजितेको सातदोबाटो युवा क्लब पुछारमा छ ।

मंगलबार नै भएको तेस्रो खेलमा अन्तिम समय समालिन नसक्दा एनआरटीले जावलाखेलसँग १-१ को बराबरी सामना गरेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा नै सकियो । तर, दोस्रो हाफमा एनआरटीले शुरुवात अग्रता लियो । सुगम रानाको गोलबाट एनआरटीले अग्रता लिएको हो । खेल सकिन लाग्दा एनआरटी जिततर्पm उन्मुख थियो । तर जावलाखेलका विविध राज राईले इन्जुरी समयमा गोल फर्काउँदै आफ्नो टोलीलाई हारबाट जोगाए ।