
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बालकार्य र बालश्रम छुट्याउन जरुरी रहेको बताउनुभएको छ ।
राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन २०८२ सार्वजनिक गर्दै मन्त्री भण्डारीले बालश्रम र बालकार्य नै छुट्याउनु पहिलो कर्तव्य भएको बताउनुभयो । बालश्रम केलाई भन्ने र बालकार्य केलाई भन्ने भन्नेबारेमा सचेतना फैल्याउनुपर्ने बताउनुभयो । उहाँले सबैभन्दा बढी बालश्रम कृषि कार्यमा रहेको तथ्यांक रहेपनि गाउँघरमा घरायसी सामान्य कामहरु गर्नेलाई पनि बालश्रममा राखिएको बताउनुभयो । कानूनी बाध्यताले मात्रै नभइ यसबारेमा आम जनतालाई सचेत गराउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
मन्त्री भण्डारीले बालश्रम प्रतिवेदन अब हरेक तीन वर्षमा निकालिने मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म १० वटा पालिका बालश्रममुक्त घोषणा भएको जनाएको छ । नेपालमा अहिले ११ लाख बालश्रमीक रहेको पनि तथ्यांकले देखाएको छ । त्यसमध्ये ८० प्रतिशत कृषि क्षेत्रमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्