३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


भगवती न्यौपाने सामान्य प्रशासनमन्त्रीमा नियुक्त


3.757k
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

न्यौपाने नेकपा (एमाले)बाट राष्ट्रिय सभा सदस्य हुनुभएको हो ।

घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएपछि न्यौपानेलाई नियुक्त हुनुभएको हो ।