
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड राखिएको बताउनुभएको छ ।
राष्ट्रिय सभामा निजामति विधेयकबारे सांसदहरुले उठाउनुभएका जिज्ञासाको जवाफ दिने क्रममा सञ्चारमन्त्री गुरुङले अभ्यासका क्रममा देखिएका खोटहरु फाल्न यो व्यवस्था गरिएको बताउनुभयो । उहाँले रटायर भएको भोलिपल्टै अख्तियार प्रमुख, राजदुत भएर जाने पद्धतिले गुड गभर्नेन्समा असर पर्ने बताउनुभयो । प्रजातन्त्र र व्यवस्थाप्रति लोयल नभइ आफ्नो स्वार्थका लागि राजीनामा दिएर नियुक्ति खाने परिपाटी अन्त्य गर्न यो व्यवस्था ल्याइएको जिकिर गर्नुभयो ।
सञ्चारमन्त्री गुरुङले रिटायर भएको भोलिपल्टै अर्को निकायमा जाने कुराले गुड गभर्नेन्समा असर पर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्