
काठमाडौं । पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले तत्कालीन समयमा संसद विघटन गर्दा आफूलाई कुनै दबाब नरहेको बताउनुभएको छ ।
मदन भण्डारी फाउण्डेशनले काठमाडौंमा मंगलबार गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासा सम्बोधन गर्ने क्रममा पूर्वराष्ट्रपति भण्डारीले आफूले मन्त्रिपरिषद्ले निर्णय गरेको कुरालाई कार्यान्वयन गरेको र कुनै दबाब नरहेको स्पष्ट पार्नुभयो । देशलाई के गर्दा निकास मिल्छ, कस्तो काम कुन बेलामा गर्ने भन्नेकुरा छलफलको विषय हुनसक्ने बताउनुभयो । आफूले संवैधानिक विधि व्यवस्थाअनुसार मन्त्रिपरिषद्बाट आएको निर्णय कार्यान्वयन गरेको बताउनुभयो ।
२०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गर्नुभएको थियो । फाउण्डेशनले मदन भण्डारीको ७५ औं जन्मजयन्तीको मूल समारोह समितिको संयोजकमा डोरमणि पौडेललाई तोकेको छ । समितिमा ७५ जना सदस्य रहने पनि बताएको छ ।
प्रतिक्रिया दिनुहोस्