१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


सरिफ बाबुछोरीलाई धरौटीमा रिहा गर्न आदेश


0
Shares

काठमाडौं, असोज ३ । पाकिस्तानको उच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफ र उनकी छोरी मरियम नवाजलाई धरौटीमा जेलमुक्त गर्न बुधबार आदेश दिएको छ ।

लन्डनमा चारओटा सुविधासम्पन्न अपार्टमेन्ट खरिद गरी भ्रष्टाचार गरेको अभियोगमा नवाफ सरिफलाई १० वर्ष र उनकी छोरी मरियमलाई ७ वर्षको जेल सजाय सुनाइएपछि उनीहरु जेल बस्दै आएका थिए ।

तर, इस्लामावाद उच्च अदालतले सरिफ बाबुछोरीलाई रिहा गर्न आदेश दिएको हो ।

साथै, अनुसन्धानमा असहयोग गरेको आरोपमा एक वर्षको कारागार सजाय सुनाइएका सरिफका ज्वाइँ सफदर अवानको सजाय पनि निलम्बन गर्ने आदेश इस्लामावाद उच्च अदालतले दिएको छ ।

गत साता नवाज सरिफकी पत्नी कुलसूम नवाजको क्यान्सरका कारण लन्डनमा निधन भएपछि सरिफ बाबुछोरीलाई लन्डन जान अदालतले अनुमति दिएको थियो ।

पाकिस्तानमा पत्नीको अन्तिम संस्कारपछि उनीहरु पुनः जेल फर्किएका थिए । (एजेन्सी)