
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार दाहोरो अंकले बढेको छ ।
कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा ३४ अंकले बढ्दै २७ सय ६० को विन्दुमा पुग्यो ।
कारोवारमा आएका १३ उप समूह मध्ये मंगलबार म्युचुअल फण्ड बाहेकका सबै समुहको परिसूचक उकालो लागेका छन् ।
मंगलबार सुपरमादि हाइड्रोपावरको शेयर सबैभन्दा बढी ८ प्रतिशतले बढेको छ । यस्तै बुटवल पावर कम्पनीको शेयर सर्वाधिक ५२ कारोड ३२ करोड बढीको किनबेच भएको नेप्सेले जनाएको छ ।
मंगलबार कुल ३ सय १७ कम्पनीका २ करोड ६५ लाख बढी कित्ता सेयर ९ अर्ब ४१ करोड बढीमा किनबेच भएको छ । मंगलबार कारोबारमा आएकामध्ये २ सय ९ कम्पनीको सेयरमूल्य बढ्दा ३९ कम्पनीको घटेको छ ।
प्रतिक्रिया दिनुहोस्