३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


साहित्यिक पत्रकारितालाई परिमार्जन गर्दै लैजानुपर्छ : कुलपति राई


338
Shares

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रविधिअनुसार साहित्यिक पत्रकारितालाई परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभएको छ ।

मंगलबार नेपाल साहित्यिक पत्रकार संघको १९ औं स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै कुलपति राईले साहित्यिक पत्रकारिताको मात्रै नभइ समाचार पत्रपत्रिकामा पनि प्रविधिसँगै चुनौति आइरहेको बताउनुभयो । अब विस्तारै पत्रपत्रिका र साहित्यिक पत्रकारितालाई डिजिटलाइज गर्न जरुरी रहेको बताउनुभयो ।

कुलपति राईले अब कागजको सुगन्धबाट च्युत हुने स्थिति निर्माण भइरहेको बताउनुभयो । कागजसँग टाँसिएको मानिसको श्रमसँग विस्तारै विस्तारै च्युत हुँदै गइरहेको बताउनुभयो । साहित्यिक पत्रकारिताको इतिहास भुल्न नहुने पनि बताउनुभयो ।

कुलपति राईले मानिसँग आँशु हुन्जेलसम्म मानिसले कविता लेख्ने बताउनुभयो ।