
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको छ ।
७८ लाख घुस लिएको आरोप लागेपछि गुप्ताले मंगलबार पदबाट राजीनामा दिनुभएको हो ।
आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाइसकेको उहाँले जानकारी दिनुभयो । राजिनामा पछि उहाँले कहिले काहीँ नखाएको विष पनि लागको र आफू त्यसको सिकार भएको बताउनुभएको छ ।
लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग गर्न सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा दिएको पनि उहाँले उल्लेख गर्नुभएको छ । प्रविधिको प्रयोग गरेर आफूलाई फसाइएको समेत उहाँले दाबी गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्