३० असार २०८२, सोमबार | Mon Jul 14 2025


एन्फा युथ-१६ लिगमा मनाङ मर्स्याङ्दीद्धारा साविक विजेता ब्वाइज पराजित


0
Shares

काठमाडौं । एन्फा युथ-१६ लिगमा सोमबार भएका खेलहरुमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब विजयी भएका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा मनाङ मर्स्याङ्दीले साविक विजेता चर्च ब्वाइजलाई ४-३ ले पराजित गर्‍यो ।

मनाङको जितमा राम अर्जेलले दुई तथा रोहन थापा मगर र धर्विन्द्र बोहराले एक एक गोल गरे । चर्च ब्वाइजका सुशन थापामगरले दुई गोल गर्दा सुजीत लामाले एक गोल थपे । जितसँगै मनाङले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

चार खेलमा १० अंक जोड्दै मनाङ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान १० अंक भएपनि गोल अन्तरको आधारमा मच्छिन्द्र क्लब शिर्ष स्थानमा छ ।

आजै भएको दोस्रो खेलमा फ्रेन्ड्स क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-० ले पराजित ग¥यो । फ्रेन्ड्सको जितमा पुरन श्रेष्ठ र मन्दीप ढुंगेलले एक एक गोल गरे । फ्रेन्ड्सले एक गोल आत्मघाती उपहारका रुपमा प्राप्त गर्‍यो ।