३० असार २०८२, सोमबार | Mon Jul 14 2025


टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम गरेन : अध्यक्ष दाहाल


884
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन टिआरसी विधेयक पास गर्नेबाहेक केही काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक गत भदौ ७ गते पारित गरेको थियो ।

अध्यक्ष दाहालले टिआरसी विधेयक पारित गरेकोमा सरकारलाई धन्यावाद दिएको स्मरण पनि गर्नुभयो । उहाँले सरकारकै क्याबिनेटमा बस्ने मन्त्रीहरूको खुलेआम घुस डिल गरेको अडियो बाहिर आउँदा पनि प्रधानमन्त्रीले एक्शन नलिएको भन्दै आपत्ति जनाउनुभयो ।

अध्यक्ष दाहालले संक्रमणकालीन न्याय टुंग्याउने कुरामा सरकारसँग केहीपनि साँठगाँठ नगरेको पनि स्पष्ट पार्नुभयो ।