३० असार २०८२, सोमबार | Mon Jul 14 2025


निजगढ विमानस्थललाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्ने सरकारको योजना


1.495k
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप अत्याधिक बढेकाले वैकल्पिक विमानस्थलको उपयोगलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा मन्त्रलागत प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले त्रिभुवन विमानस्थलको वार्षिक क्षमता ४५ लाख यात्रुको भएपनि यस आर्थिक वर्षमा ९५ लाख यात्रु ओहोरदोहोर भएको जानकारी दिनुभयो । उहाँले त्रिभूवन विमानस्थलमा रहेको यात्रुको चाप पोखरा र भैरहवातिर स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मन्त्री पाण्डेले निजगढ अन्तरराष्ट्रिय विमानस्थललाई काठमाडौं फास्ट ट्र्याकसँग जोडिएको विकल्पको रुपमा अघि सारिएको उल्लेख गर्दै यसको मोडालिटी तय गर्न बजेटको व्यवस्था गरिएको समेत बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई नेपालको प्रमुख स्वरोजगार र अर्थतन्त्रमा योगदान दिने क्षेत्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो ।

नेपालको प्रकृति र संस्कृतिलाई विश्व सामु चिनाउन विमानस्थल निर्माण गरिएको दाबी गर्दै उहाँले विमानस्थल तादरुकताका सञ्चालन गर्नुपर्ने बताउनुभयो ।