
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी रहेको बताउनुभएको छ ।
काठमाडौंमा त्रिवि शिक्षण अस्पतालको ४३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमाको सम्बन्धमा केही थपघट गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सरकारले यसबारेमा सोचिरहेको बताउनुभयो । स्वास्थ्य बीमामा कतिपय ठाउँहरुमा छलछाम हुने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताउनुभयो । जनताको सेवा कसरी वृद्धि गर्ने भन्नेमा सरकार लागि परेको बताउनुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा पुनःविचार गर्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने आफ्नो चाहना भएको बताउनुभयो । आफूलाई १८ घण्टा काम गर्नबाट केही समस्याले नरोकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्