
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार शितल निवासमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले अब आफूहरुलाई फुर्सद लिने छुट नरहेको भन्दै काम थाल्नुपर्ने समय आएको बताउनुभयो । उहाँले नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश भएको उल्लेख गर्दै नेपाल चलचित्र क्षेत्रका लागि एउटा खुला संग्रहालय बन्ने बताउनुभयो । नेपालको चलचित्र क्षेत्रलाई समृद्धिमा जोडेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले नेपाललाई आइटी क्षेत्रको हब बनाउन सकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्