Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


नेपालमा विद्युत उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट


1.2k
Shares

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा हालसम्म कुल विद्युत उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले नेपालमा जलविद्युतको कुल सम्भाव्यता करिव ८३ हजार मेगावाट रहेको तथा ६२ हजार मेगावाट आर्थिक तथा प्राविधिक रुपमा उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएको उल्लेख गर्नुभयो । उहाँले विद्युत उत्पादन क्षमतामा भएको वृद्धिसँगै राष्ट्रिय प्रसारण लाइनको विस्तार, निजी तथा विदेशी लगानीकर्ताको सहभागिता र उर्जा आपूर्ति प्रणाली सन्तुलित बनाउने प्रयास जारी रहेको पनि बताउनुभयो । उहाँले जलविद्युत उत्पादनमा वृद्धि गर्न सके मुलुकको आर्थिक विकास, क्षेत्रीय उर्जा व्यापार र दीगो भविष्यको आधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री खड्काले नेपालमा वर्षायाममा क्षमताभन्दा बढी र हिउँदमा एक तिहाई मात्र विद्युत उत्पादन गर्न सकिने पनि बताउनुभयो । उहाँले विद्युत उत्पादन कम हुने समयमा छिमेकी मुलुक भारतबाट विद्युत आयात गरी आन्तरिक मागको आपूर्ति गर्दै आएको पनि बताउनुभयो ।