
काठमाडौं । मिस्टर एण्ड मिस विश्वकर्मा नेपाल–२०२५ को उपाधि सौरभ विश्वकर्मा र चाँदनी रपलले जितेका छन् ।
राजधानीमा सम्पन्न प्रतियोगितामा विमोचन विक र रविना बराइली फस्र्ट रनरअप बने ।
प्रतियोगितामा काठमाडौं लगायत विभिन्न जिल्लाबाट प्रतियोगिहरुको सहभागिता रहेको थियो ।
उपाधि विजेताहरुलाई सांसद मिनबहादुर विश्वकर्माले उपाधि हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा आयोजक संस्था बिब्रोस्ले ‘मिस्टर एन्ड मिस विश्वकर्मा नेपाल सम्बन्धित समुदायका युवाहरुका लागि मञ्च निर्माण गर्नुपर्छ भन्ने उद्देश्यले आयोजना गरिएको जनाएको छ ।
यस मञ्चले प्रतिभा निखार्दै उनीहरुको उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने आयोजकको विश्वास छ ।
कार्यक्रममा विश्वकर्मा समुदायको पहिलो पटक औपचारिक सांस्कृतिक पहिरन समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतीहरु देखाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्