
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरु कहिले पनि पुराना नहुने भन्दै एमाले अहिले पनि नौजवान पार्टी भएको बताउनुभएको छ ।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले अहिले पुराना राजनीतिक दलहरु सकिए र पुराना दलहरुकरो स्थान नयाँले लिन्छन् भन्ने भाष्य सिर्जना गरिएको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयाँ राजनीतिक दलहरु त्यसमा आश गरेर बसिरहेको बताउनुभयो । उहाँले रास्वपा कहिले पुराना दलहरु सकिन्छन् र त्यो ठाउँमा बसौँला भन्ने आशमा रहेको बताउनुभयो ।
सचिव भट्टराईले दाबी गरेर मात्रै नयाँ नभइने भन्दै किन नयाँ राजनीतिक दल भन्नेकुरा प्रमाणित गर्न सक्नुपर्ने बताउनुभयो । राजनीतिक दल कहिले पनि पाको नहुने र कहिल्यै नमर्ने भन्दै एमालेले हरेक क्रिटिकल क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रुपान्तरण गर्दै आएको बताउनुभयो ।
सचिव भट्टराईले राजनीतिक दलको कहिले पनि मृत्यु नहुने बताउनुभयो । राजनीतिक दल जहिले पनि पुनःगठित हुँदै जाने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्