२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


देशमा राजनीतिक दलहरु सर्वशक्तिमान भए : महामन्त्री बुर्लाकोटी


507
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले देश कस्तो बनाउने भन्नेकुरा नागरिकले निर्धारण गर्न सक्नुपर्ने बताउनुभएको छ ।

भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री बुर्लाकोटीले राजनीतिले देश चलाउने भएको कारणले देश बस्तो बनाउने भन्ने कुराको निर्धारण जनताले गर्नुपर्ने बताउनुभयो । नागरिक देशको सर्वशक्तिमान हुनुपर्नेमा नेपालमा राजनीतिक दलहरु नै सर्वशक्तिमान भएको जिकिर गर्नुभयो । देशमा सुशासन कायम हुन नसकेको बताउनुभयो ।

महामन्त्री बुर्लाकोटीले गणतन्त्र सकिने अवस्थामा नरहेको कारणले नै आफूहरु गणतन्त्रको पक्षमा आन्दोलनमा नआएको जिकिर गर्नुभयो ।