२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कुन राजनीतिक दलले कस्तो काम गरे भन्नेकुरा जनताले हेरिरहेका छन् : जीवन परियार


312
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारमा रहँदा कुन राजनीतिक दलहरुले कस्तो काम गरे भन्नेकुरा जनताले नियालिरहेको बताउनुभएको छ ।

भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री परियारले २०४६ अघि विभिन्न शक्ति राष्ट्रहरुको अवस्था कस्तो थियो र अहिले नेपालको अवस्था र उनीहरुको अवस्था कस्तो छ भन्नेकुरा नियाल्न जरुरी रहेको बताउनुभयो । उहाँले अधिकांश समय नेपालको सरकारमा कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)रहेको जिकिर गर्दै सरकारमा रहेर काम गरेकाको मूल्यांकन जनताले गरिरहेको बताउनुभयो ।

सहमहामन्त्री परियारले शक्ति राष्ट्रमा काम गर्न नेपालको दक्ष जनशक्ति गइरहेको भन्दै यसलाई रोक्न कुन राजनीतिक दलको सरकारले के काम गरेको छ भन्नेकुरा नागरिकस्तरबाट मूल्यांकन भइरहेको बताउनुभयो ।