२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रविमाथि राज्यले ज्यादती गरेको छ : पूर्वप्रधानमन्त्री खनाल


1.469k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको बताउनुभएको छ ।

शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किनुभएका उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सम्मानित नेता खनालले रविले गल्ती र कमजोरी गरेकै छैन भन्न आफूले नसक्ने बताउनुभयो । तर पनि लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको उहाँको आरोप छ ।

सहकारी ठगी प्रकरणमा अदालतले थुनामा पठाउन आदेश दिएसँगै लामिछाने थुनामा रहेका छन् ।