
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ तारिकदेखि क्यानडाबाट आयातमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गरिएको पत्र पोस्ट गरेका छन् ।
जसमा क्यानडाले अघिल्लो अमेरिकी करको बदला लिएकोमा आलोचना गरिएको छ । नयाँ कर आंशिक रूपमा क्यानडाबाट फेन्टानिलको प्रवाहका साथै कथित रूपमा अनुचित व्यापार अभ्यासहरूको कारणले भएकाबताइएको छ । यदि क्यानडाले फेन्टानिलको प्रवाह रोक्न संयुक्त राज्य अमेरिकासँग सहकार्य गरे शुल्कमा समायोजन गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्