२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विधायिका, कार्यपालिका र न्यायपालिका भन्दा सर्वोत्तम स्थान अख्तियार हुनुहुँदैन : अध्यक्ष मिश्र


871
Shares

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजलयप्रसाद मिश्रले विधायिका, कार्यपालिका र न्यायपालिका भन्दा सर्वोत्तम स्थान अख्तियार नभएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले नीतिगत रुपमा मन्त्रीपरिषद्ले गरेको निर्णयको रिभ्यु अख्तियारले गर्न नपाउने बताउनुभयो । उहाँले त्यसको लागि आम नागरिकले अर्को चुनावमा पराजित गरेर दण्ड दिनुपर्ने बताउनुभयो । विधायिकाद्वारा कार्यपालिका निर्वाचित हुने र कार्यपालिकाले सामुहिक रुपमा नीतिगत निर्णय गर्ने बताउनुभयो ।

अध्यक्ष मिश्रले अख्तियार नै सर्वेसर्वा हुने हो भने र विधायिका, कार्यपालिका, न्यायपालिका भन्दा सर्वोत्तम स्थान अख्तियारले प्राप्त गर्ने हो भने वेस्ट मिनिस्ट्रियल प्रणाली अर्थ के ? भन्दै प्रश्न गर्नुभयो । हरेक निर्णय गर्दा अख्तियारले समाउला की भनेर पोलिसी डिसिजन एक्ज्युकिटिभ नै अख्तियारको डोमिनभित्र पारेर गर्ने हो भने शासन सत्ता र संविधानको कार्यान्वयन हुन नसक्ने बताउनुभयो ।

जनताले यसबारेमा विचार गरेर भ्रष्टाचार गर्नेहरुलाई अर्को चुनावमा पराजित गर्न जरुरी रहेको बताउनुभयो । उहाँले जनता ठिक भएपछि मात्रै भ्रष्टाचार रोकिने जिकिर गर्नुभयो ।