
काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुले पर्याप्त विश्लेषण गरेर कार्यान्वयनमुखी आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याइको बताउनुभएको छ ।
मौद्रिक नीति सार्वजनिक पछि राष्ट्र बैंकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले धेरै पहिल्यैदेखि तयारी गरेर मौद्रिक नीति ल्याइएको बताउनुभयो । उहाँकाअनुसार मौद्रिक नीति सार्वजनिक गर्ने दिनको गोपनियता राखिएको हो ।
नेपाल राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले आगामी दिनमा पनि आर्थिक वर्ष शुरु हुनु अगावै मौद्रिक नीति ल्याउन कोशिस गरिने बताउनुभयो । आगामी आवको मौद्रिक नीतिलाई केही दिनअघि नै ल्याइँदा आवश्यक तयारी पूरा गर्न सहज हुने उहाँको विश्वास छ ।
उहाँले रामेश्वर खनाल नेतृत्वको आर्थिक सुधार आयोगको प्रतिवेदन, मौद्रिक नीति सुझाव समितिका प्रतिवेदनहरुलाई मौद्रिक नीतिले समेटेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्