Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


न्युनतम पारिश्रमिक वृद्धि गर्न माग गर्दै प्रदर्शन


3k
Shares

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को आह्वानमा श्रमीक संघ संगठनहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बिहीबार काठमाडौंको रत्नपार्कमा श्रमीक संघ, संगठनहरुले न्युनतम पारिश्रमिक वृद्धि गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

महासंघले श्रम कानूनको कार्यान्वयन गर्न पनि माग गरेको छ । साथै ३० हजार ४ सय ४३ रुपैयाँ पारिश्रमिक सुनिश्चित गर्न, त्रिपक्षिय सहमतिमा पारिश्रमीक निर्धारण गर्न, श्रम कानून कागजमा नभइ व्यवहारमा लागू गर्न, सामाजिक सुरक्षामा सबै श्रमीकलाई सूचिकरण गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)का अध्यक्ष जगत सिम्खडाले संविधानप्रदत्त श्रम ऐन बनिसकेपछि श्रम ऐनको दफा ११ मा श्रमीकको प्रत्येक दुई वर्षमा तलव भत्ता वृद्धि गर्ने भन्ने रहेको तर अहिलेसम्म हुन नसकेको बताउनुभयो । श्रमीकहरु महंगीको चपेटामा परेको बताउनुभयो । तलव भत्ता वृद्धि हुनुपर्ने समय सापेक्षताअनुुसार नभएको बताउनुभयो ।

आज सात प्रदेश र देशभरका मुख्य औद्योगिक शहरहरुमा आन्दोलन गरेको बताउनुभयो । संविधानमा श्रम ऐन लचकताको नाममा श्रमीक विरोधी काम गरिएको बताउनुभयो ।