३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


आगामी वर्ष कृषिजन्य उत्पादनको मूल्य वृद्धि हुन्छ : सचिव शर्मा


650
Shares

काठमाडौं । आगामी वर्ष कृषिजन्य उत्पादनको मूल्य वृद्धि हुने भएको छ ।

बिहीबार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको अन्तर्राष्ट्रिय द्वन्द्वका कारण मूल्य बढ्ने उहाँले बताउनुभयो ।

सचिव शर्माले अब नेपालको कृषिबारे सोच्ने बेला भइसकेको बताउनुभयो । उहाँले आन्तरिक कृषि प्रवद्र्धन गर्ने मात्रै नभइ बजारीकरणमा ध्यान दिनुपर्ने र आयातित कृषिजन्य उत्पादलहरु निरुत्साहन गर्नेदिशामा अघि बढ्न जरुरी रहेको बताउनुभयो । डोमेस्टिक प्रमोसन एण्ड नेशनल प्रोटेशनको पोलिसी जरुरी रहेको उहाँको भनाइ छ ।

समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या सिंचाईको रहेको बताउनुभयो । उहाँले २२ लाख १८ हजार हेक्टर भूमिमात्रै कृषि चलनमा रहेको उल्लेख गर्नुभयो । १२ लाख ९ हजार हेक्टरमा मात्रै सिंचाई भएको बताउनुभयो । १२ लाख १६ हजार हेक्टरमा धान खेती गरिरहेको बताउनुभयो ।

सांसद भुसालले सिंचाई भएको खण्डमा किसानले मल नै नपाएपनि खेती गर्ने दाबी गर्नुभयो ।