
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३ औँ वार्षिक प्रतिवेदन पारित गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले २३ औं वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको समितिले गरेका काम कारबाहीहरुको वार्षिक प्रतिवेदन सदनमा पेश गर्ने उद्देश्यले प्रतिवेदन पारित गरिएको समिति सभापति ऋषिकेश पोखरेलले बताउनुभयो ।
उहाँकाअनुसार प्रतिवेदनमा बेरुजु फछ्र्यौटका कामहरु तथा समितिले समसामयिक विषयहरुमा गरेका निर्णयहरु प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समितिको २३औँ वार्षिक प्रतिवेदन यही असार ३१ गते सदनमा पेश गर्ने समितिको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्